ब्लग र ब्लगिङः शुरुवाती ब्लगरहरुलाई आधारभुत जानकारी

ब्लग भनेको आफ्नो बिचार, अनुभव, फोटो, भिडियो, समाचार, कथा, कबिताहरु पोस्ट गर्ने एउटा अनलाईन थलो हो । ब्लग  ईन्टरनेटको साईटहरुमा पोस्ट गर्ने अनलाईन डायरी हो र यसरी पोस्ट गर्नुलाई ब्लगिङ भनिन्छ ।

कति मानिसहरु राम्रो सँग बोलेर अभिब्यक्त गर्न सक्छन तर लेख्न सक्दैनन यसको कारण भनेको  उनिहरुको लेख्ने बानी नहुनु हो । त्यसैले यस्तो बनी सुधारने प्रभाबकारी उपाय भनेको ब्लग लेख्नु हो ।

तपाईंले ब्लग लेख्दा गरेको गल्ती औंलाउने पनि धेरै साथिहरु ईन्टरनेटमा हुन्छन र उनिहरुले तपाईंलाई के केमा सुधार गर्नुपर्छ भनेर सल्लाह पनि दिन्छन । यसले तपाईंलाई राम्रो ब्लग लेख्न सिकाउछ र बिस्तारै तपाईं एउटा राम्रो लेखक बन्न सक्नुहुन्छ । ब्लगिङ भनेको यस्तो शक्तिशली माध्यम हो जसको सहायताले तपाईं संसारसँग एउटा क्लिकबाट नै सम्पर्कमा बस्न सक्नु हुन्छ । ब्लग जसले पनि जहाँबाट जतिबेला पनि लेख्न सक्छ तर यसको लागि ईन्टरनेटको सुबिधा हुनपर्छ । 

ब्लगिङका फाइदाहरु:

१    राम्रो नेट्वर्किङ्

२    धेरै साथिहरु

३    समाचार तथा घट्नाको अपडेट

४    लेखाइमा सुधार

५    पढाईमा सुधार

६    आफ्नो भावना, बिचार र अनुभव साटासाट

७    समाचारको सहज पहुंच

८    टेक्नोलोजीको जानकारी

९    स्रोतहरुको सहज पहुंच

१०  आम्दानीको स्रोत

ब्लग प्रोफाइल कसरी बनाउने ?

  • Wordpress.com अथवा blogger.com मा जानुहोस  त्यहाँ दिईएको निर्देशन अनुसार फर्म भर्नुहोस र आफ्नो ब्लग बनाउनुहोस । उदाहरण को लागि: यदी तपाईं blogger.com मा ब्लग बनाउदै हुनुहुन्छ भने:
  • blogger.com मा गएर Create blog now मा क्लिक गर्नुहोस ।
  • त्यसमा आफ्नो ब्यक्तिगत जनकारी भर्नुहोस र continue मा क्लिक गर्नुहोस ।
  • अर्को पानामा गई तपाईं आफ्नो लागि एउटा web address र title छान्नुहोस ।
  • web address अरु कसैले बनाएको हुनु हुँदैन त्यसैले आफ्नो web address unique राख्नुहोस ।
  • त्यसपछी continue मा क्लिक गर्नुहोस त्यहाँ तपाईं आफ्नो ब्लग पेज को लागि एउटा template छान्नुहोस (यो पछी परिवर्तन गर्न पनि सकिन्छ) । 
  • फेरी continue मा क्लिक गर्नुहोस ।
  • यसपछी तपाईंको आफ्नै ब्लग बन्छ,  आफुले लेखेको ब्लगमा प्रकाशित गर्नका लागि start posting मा क्लिक गर्नुहोस ।

तपाईंले आफ्नो टेक्स्टलाई ईमेलमा जस्तै format गर्न पनि सक्नु हुन्छ । आफुले प्रकाशित गरेको ब्लग हेर्नको लागि view blog  मा क्लिक गर्नुहोस । तपाईंले ब्लग प्रकाशित गरेपछी google जस्तो सर्च ईन्जिनबाट आफ्नो ब्लग खोज्न पनि सक्नु हुन्छ।

 

मेरोरिपोर्टमा ब्लगिङ गर्दा ध्यान दिनुपर्ने थप कुराः

  • यदि समाचार पोष्ट गर्दै हुनुहुन्छ भने 'news' ट्याग गर्न नबिर्सनुहोला ।
  • समाचारलाई सकेसम्म मानवीय रुचिका विषय जस्तै कुनै छोटो कुराकानी, चुट्किला वा घटनाबाट शुरु गर्नुभयो भने तपाईंको पोष्ट धेरै जनाले पढ्ने सम्भावना रहन्छ ।
  • शीर्षकहरु छोटा र आकर्षक बनाउनुस् । कुनै पनि कुरालाइृ शीर्षकमा नदोहोर्याउनुस् । शीर्षक लेख्दा के यो कुरा शीर्षकमै नलेखी नहुने महत्वपुर्ण कुरा हो ? भनेर एकचोटि घोत्लिनुस् ।
  • अनुच्छेदहरु २ वा ३ लाइनका मात्र बनाउनुस् । लामा अनुच्छेदले लेखलाइृ भद्दा देखाउँछ र पाठकमा पढ्ने इच्छा शक्ति पनि रहँदैन ।
  • आफ्ना् कुरालाई सकेसम्म छोटोमा राख्नुस् ।
  • आफ्ना पाठक बढाइराख्न अरुका ब्लगपोष्टहरु पनि पढेर प्रतिक्रिया दिने गर्नुस् । तपाईंले अरुको पोष्टमा जति प्रतिक्रिया दिनुहुन्छ, त्यति नै तपाईंको पोष्टले पनि प्रतिक्रिया र पाठक पाउने सम्भावना रहन्छ ।
  • पाठकहरुसित नियमित अन्तरक्रियामा रहनुस् र उनीहरुले दिएका प्रतिक्रियालाई खुला दिलले स्वागत गर्नुस् ।
  • तपाईं जति नियमित रुपमा लेख्नुहुन्छ, त्यति नै नियमित पाठक बन्नेछन् । पन्ध्र दिन वा एक महिनामा टप्कने व्यक्तिलाई अरुले त्यति ध्यान नदिन सक्दछन् ।
  • लेख्दै रहनुस् । कुनै लेख वा ब्लगपोष्टमा पाठक भएनन् वा प्रतिक्रिया आएनन् भनेर हतोत्साहित नहुनुस् । मेरोरिपोर्टका नियमित पाठक छन् र लेख्दै जाँदा तपाईंले तिनीहरुको मन जित्नुहुनेछ ।

थप जानकारीको लागि:

 नागरिक पत्रकारिताबारे सन्दर्भ सामग्रीहरु

http://webcache.googleusercontent.com/search?q=cache:http://www.mahalo.com/how-to-set-up-a-blog-for-beginners/

http://lifelearningtoday.com/2009/03/21/complete-guide-to-set-up-a-wordpress-blog-and-make-money/

http://remarkablogger.com/2009/04/14/how-to-set-up-a-blog-for-the-long-run/

http://www.problogger.net/archives/2011/09/30/principles-of-effective-blog-design/

http://sbinformation.about.com/od/businessblogfaq/f/businessblogs8.htm

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Hari Manandhar on December 12, 2011 at 1:35pm

अति महत्वपूर्ण जानकारीहरूले भरिएका रहेछन् यस हप्ता । धन्यवाद यहाँहरूलार्इ ।

 

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service