Blogger of this week: Deepak Adhikari

Last week blogger

दीपक अधिकारी, विगत दश बर्षदेखि पत्रकारिता पेशामा आबद्द युवा पत्रकारको नाम हो । हाल फ्रान्सेली समाचार संस्था एएफपिको सम्वाददाताका रूपमा कार्यरत दीपक, पत्रकारका साथै नेपालका चर्चित युवा ब्लगरका रूपमा समेत चिनिन्छन I पाँचथरको फिदिम मुल घर भएका दिपक हाल काठमाडौंमा बस्छन I ब्लगमा साहित्यिक, सामाजिक, यात्रा संस्मरण जस्ता कुराहरू लेख्न मन पराउने दीपक यस साता मेरो रिपोर्टको साताका ब्लगर हुन सफल भएका छन । संधैका साताका ब्लगरसंग जस्तै यसपाली हामीले दीपकसंग पनि ब्लगिङ्ग, नागरिक पत्रकारिता र मेरोरिपोर्टका बिषयमा कुराकानी गरेका छौँ ।
ब्लग लेख्न कहिलेदेखि शुरू गर्नुभयो ?

सन २००४ को अक्टोबर देखी I त्यतिखेर म नेपाल साप्ताहिकमा काम गर्थे । साथीहरु  दिनेश वाग्ले र उज्ज्वल आचार्य सँगै त्यसै बेलादेखी ब्लग गर्न थालेको हुँ I

के का लागि ब्लग लेख्नुहुन्छ ? 

म आफ्नै लागि ब्लग लेख्छु I मन लागेका कुरा लेख्छु, ठ्याक्कै यही बिषय भन्ने छैन I

खासगरी ब्लगमा कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ ? 

साहित्य, यात्रा संस्मरण र अन्य बिषयहरू पनि ।

नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ ? 

नेपाली ब्लगको झन्डै छ बर्ष लामो ईतिहास छ I अहिले झन नयाँ नयाँ ब्लग आइरहेका छन, रमाइलो छ I

तपाईसँग ब्लग लेख्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ भने बताइदिनुस न ? 

ब्लगबाट धेरै साथी बनएको छु I कमेन्ट पाएको छु । जस्ले लेख्न प्रेरणा दिएको छ I

तपाईंले त मुलधारको पत्रकारिता समेत गरिरहनुभएको छ, नेपालमा मुलधारका मिडिया र पत्रकारिताले नागरिकका सवालहरूलाइ कसरी उठाइरहेका छन ? 

मुलधारका संचार माध्यमले नलेखेका कुरा नै ब्लगमा लेख्ने हो तर कतिपय अवस्थामा कहिले सोसल मिडियाले नेतृत्व गर्छ कहिले मुलधारका मिडियाले I

नेपालमा मिडिया तथा पत्रकारिता पेशामा टिक्न कत्तिको सजिलो देख्नुभएको छ   नेपाली संचारकर्मी तथा पत्रकारहरुले अहिले कस्ता-कस्ता चुनौतिहरु भोग्नुपरेको छ ?  

पत्रकार भएर बाँच्न अझै गाह्रो छ  । तर सुधार पनि हुँदै आएको देखिन्छ । पत्रकारहरुले बिषयको गहनता बुझ्नु जरुरी छ । हाम्रो पत्रकारिता अझै पनि सतही छ ।

मुलधारको पत्रकारिता र ब्लग मार्फत गरिने नागरिक पत्रकारिता बिच के फरक पाउनुभएको छ ? 

धेरै फरक छ ब्लगले मुलधरले नछोएका बिषयमा लेख्नु पर्छ । त्यस्तै ब्लगमा बढी निजात्मक अभिब्यक्ति आउँछन जुन स्वाभाविक पनि हो ।

तपाइलाइ पनि थाहा होला, यतिबेला हामीकहाँ केही युवा ब्लगरहरूले ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि बनाएका छन, तपाइलाइ के लाग्छ, के यो जरूरी छ ? 

म पनि त्यसको हस्ताक्षरकर्ताहरू मध्ये एक हुँ । सुरूमा आचारसंहिताको केही बिरोध भयो तर मलाई त्यो एकदम ठीक लागेको छ I

तपाइले निरन्तर रुपमा ब्लग पनि लेखिरहनु भएको छतपाइलाई थाहा छ ? नेपालमा नागरिक पत्रकारिता प्रवर्धन गर्न र सामाजिक संजालका रूपमा http://meroreport.net/ पनि सुरू भएको छ नि ?

थाहा छ र बेला बेला पढ्ने पनि गर्छु I

अन्त्यमा मेरो रिपोर्टलाइ केही भन्न चाहनुहुन्छ ? 

अझै राम्रा रिपोर्टिङ र लेख आउनु पर्‍यो । कुना काप्चाका कुराहरू पनि समेटिनु पर्‍यो I

तपाइको ब्लगलिँक : http://deepakadhikari.net/

 

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Sabina Sindhu on September 6, 2011 at 1:58pm

Congratulation !

Comment by Ajeeta Sigdel on September 1, 2011 at 10:35am

Congratulations Deepak ji

 

Comment by Binaya Shekhar on August 31, 2011 at 6:20pm

Nice to see you as Blogger of the week in MeroReport. As a promoter of social media I personally expect your contribution making MeroReport more live, popular and common platform for Nepali blogger. Congratulations Deepak ji.

Comment by Rupen on August 31, 2011 at 1:54pm

Congratulation Deepak Ji!

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service