महिलामाथि हिंसा न्युनिकरण सबैको दायित्व हो ।

रुपनी जिएम, बाँके  ! “भैंसी र मोटरसाईकल दाईजोमा नल्याएको भन्दै मलाई पटक पटक सासुु, ससुरा र श्रीमानले विभिन्न धम्कि दिंदै गाली गर्ने र पिट्ने गर्दथे । मैले त्यो कुरा पराई घर गएकी छोरीले सबै भन्नु हुदैन भनेर माईतमा भनिन् । अन्तिममा मलाई सबै मिलेर मट्टितेल हाली जीउदै जलाई दिए ।” यो भनाई हो, बाँके लक्ष्मणपुर ८ की रिहाना शेख ढपालीको ।

ढपालीलाई दाईजो नल्याएको भन्दै श्रीमान फरिद शेख र उनका सासुससुरा मिलेर २०७० चैत्र ३ गते शरिरमा मट्टितेल छर्किएर आगो लगाएका थिए । चैत्र ३ गते भएको उक्त घटनालाई परिवारका सदस्य मिलेर घरभित्र नै लुकाई राखिएको थियो ।

छोरीसंग सम्पर्क गर्दा सम्पर्क हुन नसकेपछि आमाबाबु उनको घरमा पुग्दा शरिरको आधा भाग जलेकी छोरी रिहानालाईे भेटेपछि बैशाष १२ गते घटना सार्वजनिक गरिएको थियो । रिहाना अहिले डेढ महिनाको उपचार पछि काठमाण्डौको वीर अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी छिन् भने उनलाई आगो लगाएर मार्ने प्रयास गरेका उनका श्रीमान र सासु ससुरा भने फरार छन् ।

श्रीमान फरिद र सासु ससुरा विरुद्ध ज्यान मार्ने अभियोग अन्तर्गत मुद्दा दर्ता गरेपनि उनीहरुलाई अहिले सम्म प्रहरीले पक्रन सकिरहेको छैन । यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक शेखर कोईराला भन्नु हुन्छ “आरोपित व्यक्ति नेपालबाट भागेर भारतीय भूमिमा लुकेर बसेका छन् भन्ने सूचना प्राप्त भएको छ तर कुन ठाउँमा लुकेर बसेका छन् भन्ने जानकारी प्राप्त हुन नसकेकाले उनीहरुलाई पक्रन कठीन भैरहेको छ ।”

बाँकेमा गतसाल चैत र यही साल जेठ महिनामा विभिन्न बाहानामा पेट्रोल र मट्टितेल छर्किएर ३ महिलाको हत्या गर्ने प्रयास भएको छ । । रिहानालाई जस्तै आगो लगाएर मार्ने प्रयास गरिएको थियो बाँके जयसपुर १ की २५ वर्षीया चाँदनी सल्मानीलाई ।

दाजुसंगको विवादलाई लिएर गत जेष्ठ ६ गते उनी लगाएत उनका ३ सन्तानलाई पेट्रोल छर्किएर आगो लगाईएको थियो । आगोमा जलेर चाँदनीको ३ वर्षिय छोरा रियाजुल ५ वर्षिय छोरी मर्यमको मृत्यु भयो भने घाईते चाँदनी र उनका १ वर्षिय बालक रिहानको काठमाण्डौंमा उपचार गरियो ।

यसैगरि, सशस्त्र प्रहरीको परिचर पदमा कार्यरत परसपुर ७ का मनोज बाल्मिकीले जेष्ठ २१ गते घर झगडा भएपछि श्रीमति अमृता बाल्मिकीलाई मट्टितेल खन्याएर जलाउने प्रयास गरेका थिए । यसरी विभिन्न बाहानामा महिलाहरु कोही श्रीमानबाट भने कोही परिवारका अन्य सदस्यहरुबाट घरेलु हिंसो पिडित बनिरहेका छन् । यसरी पिडित बन्नेमा अर्कि एक हुन् बर्दिया गुलरियाकी निर्मला (नाम परिर्वतन)।

निर्मलाले कहिल्यै पनि सोचेकी थिइनन कि आफ्नै श्रीमानका कारण उनी घर न घाटको हुनुपर्ला भनेर । निर्मला, ती महिला हुन जो अहिले आफ्नै श्रीमानले दिएको यातना सहन नसकेर ४५ वर्षको उमेरमा घर छोडन् बाध्य भएकी छिन् ।

आफु १९ वर्षको हुदा सोही ठाउँकोे भरत (नाम परिवर्तन) संग भागि विवाह गरेकि थिईन निर्मलाले । विवाह गरेको डेढ वर्षसम्म त उनको जीवन सोचे जस्तै गरि बित्यो तर त्यस पछि भने सोचाई भन्दा धेरै परको कुराहरुसंग सामना गर्न प¥यो निर्मलाले ।

पहिला पहिला निर्मलाको हरेक कुरामा ख्याल राख्ने भरतले डेढ वर्ष पछि भने एकाएक उनलाई मतलब नगर्ने, अबेर राति घर फर्कने, स–साना कुरामा झर्कने, शंका गर्ने जस्ता क्रियाकलापहरु देखाउन शुरु गरे । श्रीमानकोे व्यवहारमा एक्कासि त्यस्तो परिवर्तन आएको देख्दा निर्मलाको मनमा धेरै थरिका प्रश्नहरु नजन्मिएका भने होईनन् ।

त्यसैले आफ्नो मनको जिज्ञासालाई मेटाउन उनले मध्यरातमा घर फर्कने श्रीमानलाई सामान्य रुपमा “हिजो आज त घर फर्काई पनि निकै ढिला हुदैछ नि किन ? व्यवहारमा पनि परिवर्तन भैराछ । के भाको तपाईलाई ?” भन्ने जस्ता सामान्य प्रश्नहरु गर्दा उनले गाली त छदै थियो त्योसंगसंगै मरणाशन्न हुने गरि कुटाई पनि खानु प¥यो । त्यो कुटाई उनका लागि पहिलो थियो । त्यसैले उनले त्यो घटनालाई आश्चर्य मानिनन् र सामान्य रुपमा लिइन किनकी त्यहि श्रीमान पछि माफी माग्न आउँथे र उनी माफी दिन्थिन ।

उनको माफिलाई भरतले आफुलाई सुधार्नका लागि दिईएको अवसर भन्दा पनि निर्मलाको कमजोरीको रुपमा लिए र बारम्बार उनलाई हिंसक ैं यातना दिई रहे । यसरी हिंसा सहेको १७ वर्ष कटेपछि निर्मलाले अब नसहने अठोट गरिन् र मध्यरातमा घर छोडेर हिंडिन् ।

अहिले काम गरेर जीवन बाँचिरहेकी निर्मला भन्छिन्ः—“जीवन साह«ै महङ्गो छ, यो कुरा बुझेकि हुनाले मैले यसलाई उसबाट बचाउन चाहें र त्यो कालो रातमा स्वयमलाई भगाउन सफल भएँ । आज म यहाँ छु सुरक्षित छु, आफ्नै मेहेनतले २÷४ रुपैँया कमाएकि छु र जस्तो अवस्थामा छु निकै खुशि छु ।”

रिहाना, निर्मला र चाँदनी बाँके जिल्लामा यस्ता धेरै महिलाहरु थुप्रै खाले घरेलु हिंसाका कारण पिडित हुनु परेको छ । जस्को नतिजा कोही छोरा छोरी सहित घर छोडन बाध्य भएका छन् भने कोही आत्महत्या गर्न बाध्य भएका छन् ।

घरेलु हिंसा न्यूनिकरणका लागि विभिन्न सरकारी र गैर सरकारी संघ संस्थाहरुले काम गरिरहेका त छन् जसले गर्दा एकातिरबाट न्यूनिकरण भएता पनि अर्कोतिर घटनाको स्वरुप दिनप्रतिदिन परिवर्तन भएर बढिरहेको छ । त्यसैले यो विषयमा घटना न्यूनिकरणका लागि सम्बन्धित निकायले अझैं सक्रिय भएर लाग्नु त पर्छ नै यसका साथै राज्य पनि गम्भिर हुनु निकै नै आवश्यक छ ।

(यो आलेख, अमेरीकी सहयोग नियोगको सहयोगमा संचालित साझेदारी विकास परियोजनाका लागि र्इक्वल एक्सेसले तयार पारेको हो । यसमा प्रशारित/प्रकाशित कुनै पनि सामग्रीले अमेरिकी सरकार अथवा अमेरिकी सहयोग नियोगको आधिकारीक धारणा व्यक्त गर्दैन । )

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service