महिला नै सशक्तीकरणको स्रोत - जीवन शर्मा

जीवन शर्मा ‘म अहिले वन उपभोक्ता समिति, नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्च, आमा समूह, सञ्जीवनी महिला समूहमा छु । सबै समूहमा महत्वपूर्ण पदमा रहेकी छु ।’ केहीदिन अगाडि सुर्खेतको गाउँ जाँदा भेटिएकी ४० वर्षीया महिलाको सामाजिक काममा व्यस्तताको कुरा सुन्दा दंग नपर्ने को होला र ? त्यही गाउँमा भेटिएका अर्का पुरुषले कुराकानी कै क्रममा आफूलाई एक मिनेटमा सात पटक म जस्तो बुद्धिजीवीले महिलालाई यसो गरेका छौं उसो गर्न मद्दत गरेका छौ भन्न भ्याए ।

यहाँ दुईवटा विषय प्रष्ट छ । पहिलो महिला विभिन्न समूहमा छिन्, उनले आफ्नो बलबुताले भ्याएसम्म समाज विकास काम गर्दैछिन् । दोस्रो पुरुष अझैपनि आफू सिनियर ठान्छ र सगौरव आफूले अर्कोलाई स्थान दिएकोमा घमण्ड गर्छ । महिला सशक्तीकरणका मुद्दा वर्षौबाट उठ्दै आएको छ । वर्षैपिच्छे विभिन्न प्रतिवेदनहरु, महिलाको विभिन्न क्षेत्रमा सहभागिता, नेतृत्वले महिलाहरु सशक्त भएको प्रमाण हो । यो पक्का हो कि पहिला र अहिले तुलनात्मक रुपमा नै सशक्त भने भएकै हुन् । दक्षिण एशियालाई हेर्ने हो भने नेपाली महिलाहरु सशक्त मात्रै हैन कानुनी रुपमा बलियो पनि भएका छन् । सहभागिता, नेतृत्व र चेतनाको हिसाबले महिलाहरु सशक्त छन भन्ने उदाहरण प्रसस्त छन् ।

अब सशक्त भनेको के हो ? यसका सूचक के–के हुन् ? केलाई मान्ने ? पाँचवटा संस्थामा हुँदैमा सशक्त भन्ने कि नभन्ने ? कोही एकजना नेतृत्वमा पुग्दैमा समग्र महिलाको अवस्थालाई मान्ने कि नमान्ने ? हामीसँग प्रश्न र महिलाको क्षेत्रमा समस्या नभएको भने होईन । अझैपनि सीमित महिलाहरुको हातमा नेतृत्व, पुरुषप्रधान समाज, राजनीतिक चेतना, सम्पत्ति माथिको अधिकार र विभिन्न कानुनको व्यवहारिक प्रयोगमा समस्या । अझैपनि महिला सशक्तीकरणमा अवरोधहरु हुन् ।

महिलाको सहभागिता सबै क्षेत्र बढ्नु नै तत्कालका लागि सबैभन्दा बढि सशक्त भएको अवस्था हो । अब हामीले बहस गर्नुपर्ने अर्थपूर्ण सहभागिता रहेको छ । नेतृत्वमा महिलाको निर्णय कत्तिको लागूहुन्छ ? राजनीतिमा महिलाको प्रस्ताव कत्तिको पारित हुन्छ अथवा हामी कत्तिको लागू गर्न सक्छौ ? सम्पत्ति आफ्नो नाममा भएर कत्तिको प्रयोग गर्न सक्नुहुन्छ ? कानुनको प्रयोग कसरी भएको छ ? कत्तिको सहज छ ? मुख्य उपलब्धि सहभागिता, समावेशी, कानुन र सम्पत्ति मात्रै हैन अथवा यी मात्रै उपलब्धि हैनन् । उपलब्धी त्यतिबेला हुनेछ जतिबेला महिला आफैं आफ्ना अधिकार प्रयोग गर्न सक्षम हुनेछन् । अन्यथा सूर्खेतमा भेटिएकी महिलाको सामाजिक काममा व्यस्तताको अर्को रहस्य धेरैबेरपछि थाहा लाग्यो । त्यो गाउँका अधिकांश पुरुष यो समयमा काला पहाड (सिमला क्षेत्र) कामका लागि गएका रहेछन् । ती महिला जब श्रीमान् घर आउँछन् अनि सशक्तीकरण, सहभागिता सबै त्यही पुरुषले निर्णय गर्ने रहेछन् । त्यसैले समस्या आफैं व्यक्तिमा छ । व्यक्तिको व्यवहार परिवर्तन गरौं ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service