Encouraging and supporting citizen journalism in Nepal
देश संघियता केन्द्रित आन्दोलनले तातिरहँदा राजधानीका केहि युवाहरु भने भिन्न पक्षका लागि यतिबेला सडक तताइरहेका छन् । विशेषगरी विभिन्न पक्षहरु जातियता र पहिचान सहितको राज्य संरचनाका लागि नेपाल बन्द, चक्काजाम, हड्ताल वा अनसन जस्ता कार्य गरिरहदा, यी युवाहरु भने पृथक शैलीका साथ सडकमा होमिएका छन् । विगतमा जस्तै प्रत्येक उपलब्धिको साक्षी युवा हुने क्रमसँगै यसपाला पनि यी युवाहरु युगीन उपलब्धिको साक्षी हुन भेला हुन्छन र आफ्नो फरक शैलीमा जेठ १४मा जारी हुन लागेको देशको पहिलो संघिय गणतान्त्रिक संविधानलाई स्वागत गर्न तातिएका छन् । ‘नयाँ संविधानलाई स्वागत गरौं’ भन्ने अभियानका साथ नयाँ बानेश्वर चोक संविधान सभा भवन अगाडि दैनिक एक घण्टा, ५ः३० देखि ६ः३० सम्म, मौलिक तथा नविन शैलीको प्रयोेग गरी नयाँ संविधानको जारी गर्नका लागि सकारात्मक दवाब दिन्छन् ।
यस अभियानमा लागेका युवाहरु एकै प्रकारको नयाँ संविधानलाई स्वागत गरौ लेखिएको सेतो टी-सर्टमा सजिएको देखिन्छन् । तर यी टी-सर्टहरु भने कुनै दातृ निकाय वा अन्र्तराष्ट्रिय संघ-संस्थाबाट प्रयोजित भने होइनन् । एक प्रतिको रु. २५० पर्ने यस टी-सर्टको लागत मूल्य रु. १५० हो र बाँकी रकम मध्ये रु. ७५ गत बैशाख १६ गते सिराहाको शिवनगर र तेनुवापट्टी गा.वि.स.मा भएको आगलागीका अग्निपिडितको नाममा संकलन गरिन्छ र रु.२५बाट भने अभियानका क्रममा हुने खर्चका लागि छुट्ट्याइन्छ । अहिले सम्म रु. ३,२२५ टी-सर्टको बिक्रि मार्फत संकलन भइसकेको छ र यो क्रम जारी छ । यी टी-सर्टहरुको अर्को विशेषता भनेको यी सबै टी-सर्टहरु ‘मेड इन नेपाल’ हुन् ।
देशभरी जातियताको विषयमा चर्काचर्की भइरहँदा यी युवाहरुमा भने जातिय सद्भाव भएको सहजै अनुमान लगाउन सकिन्छ । देशभरीका विभिन्न भूगोलबाट अध्ययन वा रोजगारीका लागि काठमाडौं पसेका र स्थानिय युवाहरु पनि साथ पाएको यो युवा टोलीमा जातियता वा धार्मिक विषयलाई लिएर कुनै मतभेद छैन् । अधिकांश युवाहरु सामथ्र्यका आधारमा संघियता हुनुपर्नेमा एकमत छन् । विभिन्न जात जाती, भौगोलिक प्रदेश तथा पहिचानको संघर्ष भइरहेका बेला उनीहरुलाई यस विषयले नछोएको होइन, तर सबै युवाहरु मात्र आफ्नो पहिचानको नाममा देशलाई टुक्राउनु नहुनेमा जोड दिन्छन् ।
आगामी जेठ १४मा देशमा संविधान जारी नभएमा देशमा संकट आउने र जसरी भए पनि तोकिएको समयाविधि भित्रै संविधान जारी हुनु पर्नेमा दबाव दिन सडकमा उत्रेका यी युवाहरुलाई तोकिएको समयाविधि भित्र संविधान जारी नहुने पो हो कि भन्ने पनि उत्तिकै पिरोलो छ । तर त्यसतो दुःस्वप्नलाई सकेसम्म पन्छाउन आफू भित्रको उट्कुण्ठालाई शालिनरुपमा प्रर्दशन गर्नु नै यो अभियानको लक्ष्य हो । यो अभियानको सफलता जारीको हुन लागेको नयाँ संविधान र नयाँ नेपालको भविष्यसँग जोडिएको छ तसर्थ यो अभियानमा लागेका सबै युवाहरुलाई बन्न लागेको नयाँ संविधान र अभियानको सफलताको शुभकामना !!
फोटो साभार: https://www.facebook.com/groups/232801050154637/
Tags:
© 2013 Created by Equal Access.