Encouraging and supporting citizen journalism in Nepal
पशु विज्ञानमा स्नातक शिव याम्दी (२८) ले केही वर्ष एउटा डच परियोजना अन्तर्गत उदयपुरमा कार्यक्रम संयोजक र चितवनमा फार्म म्यानेजरको काम गरे। अन्तर्राष्ट्रिय गैससको यो कमाउ जागिर छोडेर स्वतन्त्र कृषि कर्म शुरु गर्नका लागि सबभन्दा पहिला त उनलाई बाबुआमालाई नै मनाउन गाह्रो भयो। त्यसपछि आफन्त र छरछिमेकहरूले लौ यो त डुब्ने भयो भन्न थाले। तर, ज्ञानलाई विदेशमा हैन, आफ्नै देशमा; त्यो पनि गाउँमै प्रयोग गर्ने सुर छाडेनन्, उनले। त्यपछि शुरु भयो, अन्य खालका बाधा र अड्चन। याम्दीले लगभग गोटा गन्ती गाउँलेहरूलाई भेटेर कृषि फार्ममा जे-जे पाले पनि एकरत्ति दुर्गन्ध आउने छैन भनेर प्रतिबद्धता जनाउनु पर्यो। तर, त्यो क्रममा उनले गाउँका त्यस्ता युवकहरूको सहयोग पनि पाउन थाले जो पढालेखा थिए र आफूसँग भएको सानो पूँजीबाट केही नयाँ गर्न चाहन्थे।
यसरी तीन वर्षअघि भक्तपुर, देउजामा ११ जना युवा साझेदारबाट थालिएको ग्रिनरी फार्म अहिले प्रतिव्यक्ति साढे दुई लाख लगानी गरेका २७ साझेदार भएको ग्रिनरी एग्रो इन्टिगे्रटेड ग्रुप प्रा.लि.को रूपमा प्रगति गरिरहेको छ। करिब २५ रोपनी जति जग्गामा फैलिएको यो फार्ममा ३० कामदारले स्थायी रोजगारी पाएका छन्। उनीहरूका बालबालिकाको शिक्षादीक्षाको जिम्मा फार्मले लिएको छ। फार्मका कुखुरा, बङ्गुर, गाई र तरकारी खेतीबाट वर्षमा रु.२५ देखि ३० लाख कारोबार हुन थालेको छ। मासिक रु.२ लाख जग्गा भाडा कटाएर बाँकी रकम फार्ममै लगानी गरेकाले यत्ति नै नाफा भन्ने छैन। कुखुरा र बङ्गुरका खोरहरू धमाधम थपिँदैछन्। बेमौसमी र प्राङ्गारिक (अर्गानिक) तरकारी खेती बढाइँदैछ। आधुनिक गाईपालन, प्राङ्गारिक मल उत्पादन र दाना उद्योग स्थापनाका लागि कागजी काम अगाडि बढेको छ।
आफैँ गर्छन् काम
ग्रिनरी एग्रो इन्टिगे्रटेडका साझेदारहरू आ-आफ्नो दक्षता भएको काम आफैँ गर्छन्। जिरी प्राविधिक शिक्षालयबाट २१ महिने जेटिए र टमाटर खेतीबारे इजरायलबाट एकवर्षे तालिम लिएका धादिङका रामकृष्ण अधिकारी (२७) ले फार्ममा टमाटर खेती र बङ्गुरको जिम्मा लिएका छन्। पढेकाहरूले खेती गर्नुहुँदैन भन्ने भ्रम नेपालमा छ त्यो हटाउनुपर्ने बताउँदै उनी भन्छन्, “समृद्धिका लागि नेपालको जस्तो मलिलो भूमि अन्यत्र छैन नेदरल्यान्डमा अर्गानिक फार्मिङ सिकेर स्वदेशमै काम गर्ने सोचका साथ फर्किएका सुशील थापा माटो परीक्षणदेखि बिरुवा गोडमेलसम्मका काम गर्छन्। उनी यो फार्ममा रासायनिक मल र कीटनाशक विषादिलाई कम्पोष्टले पूर्णतया विस्थापित गरेर अर्गानिक खेतीको केन्द्र बनाउनेमा दत्तचित्त छन्। फार्ममा अहिले नै रासायनिक मल प्रयोग हुँदैन। कीटनाशक विषादिको विकल्पबारे प्रयोगात्मक अध्ययन हुँदैछ। उत्पादनलाई बजारको अभाव छैन। व्यापारीहरू हरेक बिहान फार्ममै पुग्छन्। नवयुवकहरूको यो उत्साहपूर्ण पहल देखेर भक्तपुर जिल्ला कृषि कार्यालयले पानी तान्ने पम्प लगायतका औजारहरू दिएको छ। याम्दी भन्छन्, “कार्यालयले अनुगमन गरेर हामीलाई उत्साहित पनि बनाएको छ।”
ग्रिनरी कृषि फार्मको सिको गर्दै भक्तपुरमा अरू सात वटा फार्म खुलेका छन्, जसमध्ये सबभन्दा ठूलो गुण्डुका युवाले खोलेका छन्। ३० रोपनी जग्गामा फैलिएको गुण्डु फार्ममा अहिले टमाटर, ब्रोकाउली, काउली लगायतका मौसमी तरकारी लगाइएको छ। फार्मका एक सदस्य दिनेश प्रजापति (२८) का अनुसार यहाँबाट अहिले दैनिक ४०० किलोसम्म तरकारी बजार पुगिरहेको छ। फार्मका अर्का सदस्य श्रीभगत सुजखु (४३) ले कृषि उद्यमले रोजगारी र पैसासँगै गाउँमा बस्नुको आनन्द दिएको अनुभव सुनाए।
Tags: farm, news/, report/agriculture
Permalink Reply by Ajeeta Sigdel on February 16, 2012 at 11:33am Very inspirational. There are many opportunities inside our own country if only we could utilize them.
Permalink Reply by Devi sapkota on February 16, 2012 at 11:42am Thanks Ajeeta...
Permalink Reply by MadhuSudhan Guragain on February 16, 2012 at 11:46am Devi jee,
Wonderful story.
Please give their contact and eMail id.
Permalink Reply by Devi sapkota on February 16, 2012 at 11:51am Thank you sir.I ll provide U..
Permalink Reply by MadhuSudhan Guragain on February 16, 2012 at 12:01pm please encourage them to be member of MR.
Permalink Reply by Devi sapkota on February 16, 2012 at 12:07pm ok ..
Permalink Reply by Rabin Tamang on March 11, 2012 at 8:14pm Aha... now Nepal is truly heading towards becoming the real agro-friendly country I believe. There is this other company that goes by the name Srijana Farm which has its farms located in three different places of Nepal, one is in Chapagaun, Lalitpur the other one in Budhanilkantha, kathmandu and the biggest one in Palpa which is made specially for Animal husbandry (Goats). I don't know if you have heard about it or not but they too are highly educated graduates of various disciplines and hold official posts in various firms and organizations and yet they are delicatelyn devoted to this project . But they prefer to keep a low profile until it takes a firm ground. So I think they are also worthy of a good appreciation. What do you think?
Permalink Reply by Subas Adhikari on March 22, 2012 at 3:18pm राम्रो समाचार,
कृषि संग सम्बन्धित भएकोले एस्ता समाचार हरुले निकै प्रेरणा दिन्छ...बिगत ३-४ बर्ष देखि गैर सर्कारी संस्था मा कम् गरे मेरो पनी इच्छा छ एकदिन यस्तै फर्म सुरुवात गर्ने ... हेर्दै जाउ..
Permalink Reply by Devi sapkota on March 23, 2012 at 4:41pm धन्यवाद सबैलाई ,गरे नहुने के छ र जुन कुरा हामीले भक्तपुरका युवाले गरेको प्रयास अवलोकन गर्ने सक्छौँ
Permalink Reply by Churamani Marasini on August 17, 2012 at 2:30pm
Permalink Reply by Arjun Khatiwada on September 13, 2012 at 1:08pm सलाम भक्तपुरे युवाहरुलाई
© 2013 Created by Equal Access.