बृहद शान्ति संझौताः अझै धेरै गर्नुछ

मुलुकमा झन्डै दस वर्ष चलेको सशस्त्र द्वन्द्वको अन्त्य गर्ने घोषणासहित तत्कालिन सरकार र तत्कालिन नेकपा माओवादी बीच ऐतिहासिक विस्तृत शान्ति सम्झौता भएको आज पाँचवर्ष पुरा भएको छ । २०६३ साल मङ्सिर ५ गते भएको सम्झौतामा २०५२ सालदेखि शुरु सशस्त्र युद्ध समाप्त भएको घोषणा गरिएको थियो । शान्ति सम्झौता भएको पाँच बर्षको समय सकिनै लागेको अवस्थामा शान्ति प्रकृयाका काममा केही आशा देखिएपनि अझै धेरै काम हुन बाँकी छन् । माओवादी सेनाको पुनवर्गीकरण काम शुरु भएपनि कब्जा सम्पत्ति फिर्ताको काम अघि बढ्न सकेको छैन । द्वन्द्वका बेला वेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक, द्वन्द्व पीडितलाई न्याय दिने प्रतिवद्धता पनि कार्यान्व्यन हुन सकेको छैन भने सत्यनिरुपण आयोग र वेपत्ता नागरिकको खोजतलास गर्ने आयोगको गठन पनि हुन सकेको छैन । संविधानसभाको म्याद मंसिर १४ गते सकिदैछ । 
ऐतिहासिक रुपमा सफल जनआन्दोलन २०६३ र संविधानसभाको चुनाव मार्फत औधी खुशी भएका हामी नेपाली अझ कहिलेसम्म यस्तै अन्यौलमा रुमल्लिनुपर्ला? किन पुरा हुन सकेन शान्ति प्रकृया? नागरिक समाजको तर्फबाट गर्नुपर्ने कामहरु के के हुन सक्लान?

Views: 38

Reply to This

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service