म नाङ्गिन किन डराउने?

यो कोलाहल र अव्यवस्था देखेर,

हिजोआज मलाई यस्तोलाग्छ सडकमा उभिएर चिच्याइरहँु

सडकले मलाई बौलाहा भनोस्,

यो कक्रिटको जंगलले पागल भनोस्,

निर्जिव सडक बोलोस् र भनोस ए पागल, ए सन्काहा हिड्न जान्दैनस्,

म दबिएको छु,

मुल्यबृद्धिले पेटको गासँ काटेको सहन बाध्यछु,

ढल मिश्रित पानी पिएर पखालाले थकित शरिरमा जीवनजल चढाउन सक्दिन,

डाक्टर अस्पतालः धान्न सकुँला र? बरु जाँदैजान्न,

घण्टौ जाममा कुर्न बाध्य

घण्टौ लाइनमा बस्न विवश,

बिरोध गर्न सक्दिन,

गरेपनि कसले सुन्छ र यो बहिरो लोकमा

उल्टो झनै दविएको महसुस गर्छु, .......

यस्तो लाग्छ सबैका अगाडि म नाङ्गै हिडुँ

म नाङ्गिन किन डराउने?

यस्तो लाग्छ यो शहरमा म लुगा फुकालेर नाङ्गिउ?

किन?

यहाँ सुकिाला लुगा लगाएरै नाङ्गिनेहरुको अत्याचारबाट मुक्त हुन

अट्टहास हाँसोमा रमाउदै हिड्न् बौलाहा भनिन

निस्सासिदो र अत्यासलाग्दो जिन्दगीलाई शान्तिमा बदल्न

म ............ चाहान्छु ।

 

असार २४, कुमारीपाटी, ललितपुर

Views: 89

Reply to This

Replies to This Discussion

वा वा वा ! क्या बात :) 

तर धेरै भावनामा बहकिएर नाङ्गिन चाहिँ अलि हुँदैन है दाजु :P 

Bhawanale rahechha manchhelai nangyaudai jane! comments and feedback ko lagi thanks Friendycalls ji!
feeling better 6a daju !
Thank you SB ji!

Devkotako 'Pagal' poetry bhanda kam chaina .............Congratulation Binaya Sir !

yo  kachingal duniya dekhera ta k k garu garu lag6 lag6 sir but k garne sabai thok garna pani nasakine garna pani nahune ...............bas jindagi uhi bichara sadhain dabieko dabiyai ..................

 

RSS

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service