कर्णालीको सडक ‘मृत्यु रेखा’

खेमराज वली

सुर्खेत/माघ ।

कर्णालीबासीको आशा थियो । सरकारको प्रयास थियो, कर्णालीमा सडक पु¥याउने । तर विभिन्न चुनौतिहरु थिए । ती चुनौतीका पहाडहरु पन्छ्याउन त्यति सजिलो थिएन । कर्णालीबासीको आशा र त्यहाँको सम्भावनालाई ध्यानमा राख्दै सरकारले वि.स.२०५९ मा नेपाली सेनालाई कर्णालीका केही अप्ठेरा पहरामा सडक निर्माणको जिम्मा दियो । सेनालाई जिम्मा दिइएको कालिकोट खण्ड सबैभन्दा ठूलो चुनौति थियो । सेनाले कालिकोट क्षेत्रको सडक निर्माण कार्य करिब चार वर्षमै पूरा ग¥यो ।

जसोतसो वि.स.२०६४ सालमा जुम्लासम्म गाडि पुग्यो । कर्णालीको सदरमुका खलंगामा गाडि पुगेपछि कर्णालीबासीमा उत्साह जाग्यो । तर सम्भावनासंग जोडिएको कर्णाली राजमार्ग सवारी संचालनमा आएदेखि नै यो सडक ‘मृत्यु रेखा’ जस्तै बन्न थाल्यो । कर्णाली राजमार्गमा यात्रा गर्ने सर्वसाधारणका लागि सडक मृत्युको बाटो जस्तै भयो । कर्णाली राजमार्गमा भएका पछिल्ला सवारी दुर्घटनालाई हेर्ने हो भने मात्रै अवस्था निकै डरलाग्दो देखिन्छ । तथ्याङकमा दुर्घटनामा मृत्यु नभएको हप्ता कुनैकुनै मात्रै भेटिन्छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमाफर्त प्राप्त क्षेत्रीय ट्राफिक कार्यालयको तथ्याङक अनुसार वि.स. २०६७ सालदेखि २०७१ को कात्तिकसम्म यो सडकमा मात्रै एक सय ८४ जनाको मृत्यु भएको छ । यस्तै पाँच सय ८ जना घाइते भएका छन् । यो अवधिमा दुई सय ८३ वटा सवारी दुर्घटना भएको तथ्याङक क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा छ । 

यसरी कर्णाली राजमार्गमा सवारी दुर्घटना, मृत्यु र घाइतेको विवरणलाई हेर्ने हो भने सम्भावनासंग जोडिएको यो राजमार्ग जनताका लागि अभिषाप भएको छ । कर्णाली राजमार्गमा हरेक वर्षको तथ्याङक हेर्दा सवैभन्दा बढी मानवीय क्षेती आर्थिक वर्ष ०६९÷०७० मा भएको छ । यो वर्ष ४२ वटा सवारी दुर्घटना हुदा ५४ जनाको मृत्यु भएको थियो भने एक सय ४२ जना घाइते भएका थिए । त्यसपछि आर्थिक वर्ष २०६७÷०६८ मा ५० वटा सवारी दुर्घटना हुदा ५१ जनाको मृत्यु भएको थियो भने ८६ जना घाइते भए । 

आ.व.०६८÷०६९मा भने मानवीय क्षति केही कम भएको तथ्याङक छ । यो आर्थिक वर्षमा ७५ वटा सवारी दुर्घटना हुदा २१ जनाको मृत्यु र ६३ जना घाइते भएका छन् । पुनः आ.व.०७०÷०७१ मा सवारी दुर्घटना र क्षति बढेको छ । यस वर्ष ९४ वटा सवारी दुर्घटनामा परी ४५ जनाको मृत्यु भएको छ भने एक सय ९३ जना घाइते भए । चालु आर्थिक वर्ष ०७१÷०७२ को साउनदेखि कात्तिकसम्मको तथ्याङकलाई हेदा पनि अझै दुर्घटना रोकिने संकेत देखिदैन । यो छोटो अवधिमा २२ वटा दुर्घटनामा परी १३ जनाको मृत्यु भइसकेको छ भने ३४ जना घाइते भएका छन् । 

किन हुन्छ दुर्घटना  ?

यो राजमार्गमा सवारी दुर्घटनामा हुनुको कारण धेरैले सडक र चालकको लापरबाहीलाई नै कारण मान्छन । वास्तविकता पनि यस्तै छ । प्रमुख कारण त अपूर्ण सडक नै हो । जुन सडक घुमाउरो, उकालो, ओरालो, चिप्लो, र तिखो मोडहरु भएको एक लेनको छ । यस्तो सडकमा सवारी संचालन गर्नु नै दुर्घटनाको मुख्य कारण हो भन्ने निष्कर्ष सबैको छ । यस बाहेक क्षमताभन्दा धेरै यात्रु तथा भार बोक्नु, अनुभवि र परिपक्क चालकहरु नहुनु, मादकपदार्थ सेवन गरी सवारी चलाउनु, सेवा भन्दा पनि धेरै धन कमाउने आशा बोक्नु पनि दुर्घटनाको कारण बनेको छ । 

यस्तै  सुरक्षा निकाय तथा ट्राफिक प्रहरीको जनशक्ति अभाव हुनु र स्रोतसाधन कमी, पर्याप्त मात्रामा चेकजाँच गर्न नसक्नु पनि दुर्घटनाको कारण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख, स.प्र.नी (सहायक प्रहरी निरीक्षक)  कविराज सेन्चुरीको भनाइ छ ।  सेन्चुरीले सडकको अवस्था कमजोर हुनु, संकेत चिन्ह र सेफ्टी ब्यारिएर नहुनु, भएको समेत दुरुस्त, मजबुत तथा मापदण्डअनुसार नहुनुले पनि दुर्घटना हुने गरेको बताए । साथै सर्वसाधारणसमेतले यात्राको बखत आफ्नो सुरक्षाप्रति जिम्मेवार नहुनु, ट्राफिक नियमको पालना नगले पनि दुर्घटना बढ्ने गरेको उनको भनाइ छ ।

 बुँदागतरुपमा दुर्घटनाका कारणहरु :-

१) उकालो, ओरालो, चिसो, चिप्लो, घुमाउरो, तिखो मोडहरु भएको साँघुरो एक लेन सडक हुनु ।

२) मादक पदार्थ सेवन गर्नु, लापरबाहीपूर्वक सह–चालकसमेतले सवारीसाधन चलाउनु ।

३) यातायात व्यवसायी, कर्मचारीहरु, चालक तथा परिचालकहरु प्रतिष्पर्धाको नाममा बढी धन कमाउने लोभ राखी क्षमताभन्दा बढी यात्रु तथा भार बोक्नु र तीव्र गतिमा सवारीसाधान चलाउनु ।

४) सडकको अवस्था कमजोर, संकेत चिन्ह र सेफ्टी ब्यारिएर नहुनु, भएको समेत दुरुस्त, मजबुत तथा मापदण्डअनुसार नहुनु ।

५) पहाडी राजमार्गमा स्वस्थ, परिपक्क, जिम्मेवार, अनुभवि तथा पूराना चालकलाई सवारीसाधन चलाउन दिनुपर्नेमा व्यवसायीले सो गर्ने नगरेको । 

६) सुरक्षा निकाय तथा ट्राफिक प्रहरीको जनशक्ति, स्रोतसाधन कमी, पर्याप्त मात्रामा चेकजाँच गर्न नसक्नु । 

७) सर्वसाधारणसमेतले यात्राको बखत आफ्नो सुरक्षाप्रति जिम्मेवार नहुनु, ट्राफिक नियमको पालना नगर्नु । (कविराम सेन्चुरी–जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख, स.प्र.नी (सहायक प्रहरी निरीक्षक) ) 

कर्णाली राजमार्गको बजेट

सडकको अवस्था कमजोर हुदा दुर्घटना हुने बताइएपनि यो सडक निर्माणका लागि ठूलो रकम खर्च भइसकेको छ । तर सडक गुणस्तरीय भन्दा पनि कर्णालीसम्म पु¥याउने लक्ष्य मात्रै राखिदा पनि समस्या भएको पाइन्छ । ट्रयाक खोलेपछि आर्थिक वर्ष २०६४÷०६५ मा सेनाले कर्णाली राजमार्गको जिम्मेवारी सकारलाई हस्तातरण गरेको थियो । कालिकोट–जुम्ला खण्डमा सेनाले गरेको खर्चबाहेक, विश्व बैंकले आर्थिक वर्ष ०६७÷०६८ मा सुर्खेतदेखि खिड्गीज्युलासम्म १७ करोड रुपैयाँ र खिड्गीज्युलादेखि १२ करोड रुपैयाँ विनियोजन गरेको पाइन्छ । आ.व.०६८÷०६९ मा १३ करोड र खिडगीज्युलादेखि जुम्लासम्म ८२ करोड रुपैयाँ विनियोजन गरिएको थियो । विभिन्न कारणले गर्दा विनियोजित रकम खर्च नभएको सडक विभागले जनाएको थियो । 

आ.व. ०६९÷०७० मा सुर्खेतदेखि खिड्गीज्युलासम्म १ करोड ८२ लाख र खिड्गीज्युलादेखि जुम्लासम्म २१ करोड रुपैयाँ विनियोजन गरिएको छ । आव ०७०÷०७१ मा सुर्खेत–खिड्गीज्युलासम्मका लागि १८ करोड र खिड्गीज्युला–जुम्लासम्म ८७ करोड रुपैयाँ विनियोजन गरिएको छ । २०४८÷०४९ देखि २०६३÷०६४ सम्म १ अर्ब १५ करोड रुपैयाँ सडक निर्माणका लागि खर्च भइसकेको छ ।

कर्णाली राजमार्गका तस्बीरहरु गुगलबाट लिइएको हो । 

Views: 19

Reply to This

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service