द्वन्दले देखाएको शान्तिको बाटो

फर्कि आउ शान्ति तिमि लालिगुराँस भन्छन

फर्कि आउ शान्ति भन्दै डाँफे–मुनाल रुन्छन
यो गीत त्यसै रचिएको होइन । हालसालै नेपालमा गीतमा प्रस्तुत गरिएजस्तै यथार्थता नहोला तर अहिले पनि अनुभूति सहितको शान्ति स्थापना हुन नसकेको सत्य हो ।

समय र परिवर्तित नेपाली राजनीतिसँगै नेपालमा अनेक प्रकारका दूर्घटनाहरु भए । बुद्धको देशमा नरसंहार चल्यो । परिवर्तनका नाममा आन्दोलन र सशस्त्र युद्धहरु भए । त्यो अवस्थामा जनता त्रासदिपूर्ण अवस्थामा बाँच्न विवस भए । यस्ता आन्दोलन र युद्धका समयमा हजारौं सर्वसाधारण नेपालीले अनाहकमा मृत्युसँग जीवन साट्न तयार हुनु प¥यो । तत्कालिन नेकपा ९माओवादी० ले वि।स। २०५२ सालदेखि सुरु गरेको सशस्त्र युद्धले शान्तिको प्रतिकका रुपमा रहेको नेपालको पहिचान गुमायो । गृहयुद्ध भएको देश, अशान्तिको देश नेपालको परिचय बन्न पुग्यो ।

माथिको गीतमा भनिए जस्तै तत्कालिन माओवादीले गरेको सशस्त्र युद्धकावेला शान्ति खोजेर भेटाउनु मुर्खता जस्तै बनेको थियो । सरकारले पनि जनतालाई शान्ति महसुस गराउन भुलिसकेको थियो । त्यो वेला सायद ती अचेत वनपाखाहरु रुन्थे होला, राष्ट्रिय फूल लालिगुराँस शान्तिको आव्हान गरिरहेको हुन्थ्यो होला । हिमालको फेदमा बसेर डाँफे शान्ति खोज्दै रुन्थ्यो होला । झट्ट सुन्दा यो सबै कल्पना जस्तै होला । तर अचेत वनपाखाहरुमा पनि त युद्धका डामहरु अझै देखिन्छन् भने व्यक्तिहरुमा कति होलान रु बुट्यानहरुमा त गोलि र छर्राहरुका दाग भेटिन्छन अझै, मान्छेहरुमा कति होलान रु के नेपाली जनता  शान्ति चाहदैनन र ?

    जतिवेला नेपालमा द्वन्द्व भयो, त्यसपछि विदेशी राष्ट्रको दृष्ट्रिकोण फेरियो । संयुक्त राज्य अमेरिकाले सशस्त्र युद्धमा होमिएको तत्कालिन माओवादीलाई आतङ्ककारी घोषणा ग¥यो । नेपालमा पनि आतङ्ककारी भएको विश्वले थाहा पाएपछि विदेशिका लागि नेपाल मायालु होइन डरलाग्दो र युद्धको देशका रुपमा परिचित बन्न पुग्यो । नेपालीहरुले साँच्चि भन्ने हो भने यो अवस्थामा कसको माया र सद्भाव पाउँथे, जहाँ गृहयुद्ध चलेको छ । यो अवस्थामा बहादुरी नेपालीको शिर पक्कै पनि झुकेको हो । तत्कालिन अवस्थामा यो भान कसैलाई पनि भएन । युद्धका कारण मलाई के भयो, कसलाई के असर प¥यो र नेपाललाई के असर हुन्छ भन्ने न त तत्कालिन सरकारले सोच्यो न त विद्रोही पक्षले । युद्धका कारण देशले गुमाएको आर्थिक विकासतिर कसैको आँँखा परेनन् । द्वन्द्वको दीर्घकालिन असरको विष्लेषण गर्ने आँटसमेत गरिएन । यसका दोषि सरकार र विद्रोही दुवै थिए ।

माओवादीले सुरु गरेको सशस्त्र युद्ध मात्रै होइन मधेश आन्दोलनका वेला पनि जनताले शान्तिको अनुभूति गर्न पाएनन् । नेपालको इतिहासलाई अलिकति मात्रै केलाउने हो भने पनि बहादुरीको नाम कमाए पनि नेपालीले शान्तिको अनुभूति कहिल्यै गर्न नपाएको सहजै बुझ्न सकिन्छ । वि।स। २००७ साल अघि पनि राणाहरुको शासनमा जनताहरु लुथ्रुक्क पर्नु पर्ने अवस्था थियो । २००७ सालमा प्रजातन्त्रको स्थापना भएपनि वि।स। २०१७ सालमा तत्कालिन राजा महेन्द्रले कु गरेपछि जनतालाई पञ्चायत कालको असहज परिस्थितिको सामना गर्नु पर्ने बाध्यता थियो । लामो पञ्चायत कालमा साना बिरोधको आवाज निस्किएको थाहा भए मात्रै के सजाय भोग्नु पर्ने हो भन्ने अवस्थामा थियो । त्यतिवेला सञ्चार माध्यम पञ्चायतको पक्षमा नभए बन्द गर्नु पथ्र्यो । त्यो अवस्थामा कस्तो शान्तिको महसुस भयो होला जनतामा रु जतिवेला बोल्दा पनि केही हुन्छ कि भन्ने अवस्था थियो । वाक स्वतन्त्रतामा समेत बन्देज लगाइएको अवस्था थियो ।

हो, प्रजातन्त्रको पुनरवहाली पछि वि।स। २०४६ सालपछिका दिनहरुमा भने नेपाली जनतालाई शान्तिको अनुभूति गरे जस्तो भयो होला तर लामो समयसम्म यो अनुभूति पक्कै पनि रहेन । वि।स।२०५२ सालदेखि नै तत्कालिन माओवादीले सशस्त्र युद्ध घोषणा गरेपछि जनतामा बाँच्नुसँग मात्रै मतलव हुन थाल्यो, शान्ति र विकास टाढाका कुरा भए । विभिन्न कालखण्डमा भएका आन्दोलन र संघर्षको फाइदा उठाउँदै हत्या, हिंसा र लुटपाट जस्ता अपराधिक क्रियाकलाप बढेका तथ्याङकहरु पनि सुरक्षित छन् । यो अवस्थामा शान्ति कसरी अनुभूति हुन सक्छ रु शान्ति त महसुस गर्ने कुरा हो । जनतामा मनभित्रैबाट शान्तिको महसुस गराउनु अब राज्यको दायित्व हो ।

माओवादी द्वन्द्वमा सरकार वा विद्रोही पक्षबाट पीडित बनेकाहरु अझै विक्षिप्त अवस्थामा छन् । सरकारले उनीहरुलाई राहात दियो, आयमुलक तालिम प्रदान गरी आयआर्जनतर्फ प्रेरित गर्ने प्रयास पनि गरेको छ । तर शान्ति विर्सिएका पीडितहरुका ती विक्षिप्त मनहरुमा शान्ति महसुस भएको छैन । उनीहरुका आँखामा आँसुहरु ओभाउन सकेका छैनन् । प्रयास त भयो तर भावनात्मकरुपमा पीडा विर्साए शान्ति देखाउन उनीहरुलाई कसैले सकेको छैन । द्वन्द्वकालका पीडितहरुको चित्त बुझाउनु आफैमा चुनौतीपूर्ण पनि हो । शान्ति अनुभूति र महसुस गरिने कुरा भएकोले पनि भावनात्मक रुपमा द्वन्द्वको घाउ निको बनाउन चुनौती देखिएको हो ।

अहिले देखा परेका चुनौती र द्वन्द्वको पीडालाई सिक्ने अवसरको रुपमा अव आमसर्वसाधारणले लिनु पर्ने अवस्था सिर्जना भएको छ । विगतको इतिहाँसलाई मात्रै पनि सिकाईको रुपमा लिने हो भने देशले पुनः द्वन्द्वको सामना गर्नु पर्ने छैन । हुनत द्वन्द्वलाई अन्याय,अत्याचार, विभेद, असमानता अपमान पछि व्यक्तिमा उब्जिएको विद्रोही भावनाको उग्र रुप भन्ने गरिन्छ । तर व्यक्तिमा विद्रोही भावना हुँदैमा द्वन्द्व भइहाल्छ भन्ने होइन । द्वन्द्वको नेतृत्व गर्ने पनि अर्कै हुन्छ । तसर्थ द्वन्द्व अर्कैले सिकाएको बाटो पनि हो । अन्याय, अपमान, असमानता, विभेद र अत्याचारको विकल्प विद्रोह मात्रै होइन । अधिकार प्राप्तिको मुख्य बाटो संघर्ष हो । संघर्षलाई विद्रोहसँग भने जोड्न हुँदैन ।

पक्कै पनि अवका दिनहरुमा एक पटक मात्रै सबैले विगतको द्वन्द्वका असर र द्वन्द्वका पीडाहरु व्यवस्थापनमा देखिएका चुनौतीलाई मात्रै सम्झिने हो भने पनि अवको बाटो शान्तिको मात्रै हुनेछ । द्वन्द्व र अशान्तिबाट मुक्तिको श्वास लिन थालेका नेपाली जनताले अब भने धेरै सिकिसकेका छन् । उनीहरुलाई शान्तिको बाटो त विगतका द्वन्नै सिकाएको छ । उनीहरुले अव द्वन्द र अशान्तिका बाटाहरु केहिल्यै देख्ने छैनन् । हो, अवको बाटो शान्तिको मात्रै हुनेछ ।

खेमराज वली (अविछिन्न)/सुर्खेत

Views: 260

Reply to This

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service