साताको ब्लगरः स्वन्तिना शाक्य

स्वन्तिना शाक्य पेशाले एक प्रोग्रामर हुनुहुन्छ । मेरोरिपोर्ट टिमको एउटा खोजको क्रममा नेपालबाट सबैभन्दा पहिले फेसबुक प्रयोग गर्ने उहाँ नै भेटिनुभयो । टाइमलाइन हेर्दा उहाँले अक्टोबर २६, २००६ देखि फेसबुक प्रयोग गर्न थाल्नुभएको हो । यो छ वर्षको अवधीमा फेसबुकले ठुलो छलाङ मारेको छ र सँगसँगै साथीभाइ परिवारसित सञ्चार तथा सुचना आदानप्रदान गर्ने हाम्रो व्यवहार पनि बदलिएको छ । खुशीको कुरा उहाँले ब्लगिङ पनि गर्नुहुन्छ । यसै सन्दर्भमा हामीले सोच्यौँ किन उहाँको अन्तर्वार्ता यो साताको ब्लगर स्तम्भमा पोष्ट नगर्ने? प्रस्तुत छ उहाँसँगको छोटो कुराकानीः

कसरी थाहा पाउनु भयो फेसबुकको बारेमा ?

पहिला त म धेरै हाइ-फाइभ चलाउथेँ । हाइ-फाइभ त्यति धेरै मन परेको थिएन ।  साथीहरुबाट फेसबुकको बारेमा थाहा पाएँ । नयाँ के रहेछ भनेर मैले फेसबुक चलाउन थालेँ । 

के तपाईंलाई याद छ कुन साथीले तपाईंलाई फेसबुकको बारेमा भनेको थियो ?

अमेरिकामा बस्ने साथी पंकज बज्राचार्यले यस्तो प्ल्याटफर्म पनि छ भनेर भनेको थियो । त्यसैले के रहेछ भन्ने जान्न शुरु गरेँ । पछि रमाइलो लाग्दै गयो । अहिले त फेसबुक एडिक्ट नै बनेकी छु ।

सन २००६ देखि फेसबुक सर्वसाधारणका लागि खुला गरिएको थियो । आजसम्म आइपुग्दा यो प्ल्याट्फर्म कसरी विकास हुँदैँ गएको जस्तो लाग्छ तपाईंलाई ?  

पहिला साथी र परिवारसँग सम्पर्क राख्ने माध्यम थियो । धेरै राम्रो थियो । तर अहिले चाहिँ अलिक धेरै नै व्यापारिक हुँदैं गएको हो कि भन्ने लाग्छ ।   

कतिको प्रयोग गर्नु हुन्छ फेसबुक ?

म त फेसबुक एडिक्ट नै हो । धेरै प्रयोग गर्छु, पोस्ट पनि धेरै गर्छु ।  पहिला भन्दा अहिले त झन् धेरै प्रयोग गर्छु ।

फेसबुक प्रयोग गर्दा केहि त्यस्तो रमाइलो वा सम्झनलायक घटना केहि छन ?

नयाँ - नयाँ साथी भेटिने र हराएको साथी भेटिने अनि प्रोफेसनल सम्पर्क पनि बढ्ने भएर रमाइलो लाग्छ फेसबुक ।  सानो बेला अनि स्कुल पढ्दाको फोटो हेर्दा पनि रमाइलो लाग्छ ।

कहिलेकाँही फेसबुक डियाक्टिभेट गर्‍यो भने यहाँ भएको र विदेशमा भएको साथीहरुले फोन गर्दा पनि रमाइलो लाग्छ मलाई ।  

दिनमा कति  समय बिताउनु हुन्छ फेसबुकमा ?

हरेक दिन ३ - ४ घण्टा जति  त सामान्य नै चलाउँछु । अघिपछि पनि एउटा ब्राउजरमा सधैँ खोलिरहेको हुन्छु फेसबुक । 

यसले केहि नकारात्मक प्रभाव पारेको छ कि ? 

त्यस्तो नकारात्मक प्रभाव त केहि पारेको छैन तर अरुले मलाई यो एकदमै फुर्सदमा रहेछ वा यसको काम नै रहेनछ भनेर सोच्छन् ।   

यसको प्रयोग कसरी गर्नु हुन्छ

व्यतिगत कुराहरु आफ्नो साथीहरुसँग close group  मा शेयर गर्छु जसले गर्दा अन्तर्कृया भइरहन्छ । प्रोफेसनल कुरामा अरुलाई थाहा नभएको कुराहरु शेयर गर्छु र आफुलाई पनि कति थाहा नभएको कुराको बारेमा ज्ञान पाइरहेको हुन्छु ।

तपाईंले फेसबुकको भविष्य कस्तो देख्नु भएको छ ?

अहिले फेसबुक व्यवसायिक हुँदैं गएको छ । यसरी नै लाग्यो भने फेसबुकको प्रयोग कम हुन्छ ।

यदी फेसबुक व्यवसायिक भयो र यसको प्रयोग गर्दा पनि शुल्क लाग्न थाल्यो भने के गर्नु हुन्छ ? प्रयोग गर्न बन्द गर्नु हुन्छ ?

बन्दै त गर्दिन तर म कम प्रयोग गर्छु । हामीले फेसबुक प्रयोग गर्ने एउटा प्रमुख कारण यो निःशुल्क हुनु पनि हो । मलाइ लाग्छ त्यसो भयो भने धेरै जनाले फेसबुक प्रयोग गर्दैनन् ।

अब एकछिन ब्लगिङको कुरा गरौँ । कसरी ब्लगिङ गर्न थाल्नु भयो ?

लेख्न त म पहिले देखि नै लेख्थेँ । एकजना साथीले मलाई ब्लगिङ गर्न सल्लाह दियो । त्यसपछि मैले पनि ब्लगिङ गर्न थालेँ । 

के लेख्नु हुन्छ ब्लगमा ?

धेरै जसो कविता नै पोष्ट गर्छु । कहिलकाहीँ आफ्ना अरु अनुभवहरु पनि ।

कतिको पोस्ट गर्नु हुन्छ ब्लगमा ?

नियमित त छैन तर जहिले लेख्छु शेयर गर्न मिल्ने छ भने पोस्ट गर्छु ।

 रिडरसिप कस्तो छ तपाईंको ?

त्यस्तो त छैन । ठिकै छ । 

ब्लगमा आफ्नो नामको कोष्ठकमा Walter Mitty राख्नुभएको रहेछ । यो किन?

वाल्टरमिटी भनेको ईंग्लिश भर्जन हो । सानो मा  मुङ्गेरीलाल कि हसिन सपने भन्ने सिरियल आउथ्यो । उसले दिवास्वप्नदर्शी थियो ।  म पनि सपना देख्ने मान्छे हुँ । म सपना देख्न निकै मन पराँउछुँ ।  

स्वन्तिनाको ब्लगः http://swantina.blogspot.com/

कसरी उहाँलाई हामीले पत्ता लगायौँ भन्ने जान्न यो लेख यसरी खोजियो नेपालको पहिलो फेसबुक प्रयोगकर्ता पढ्नुहोस् ।

 

हालसम्म फिचर भएका साताका ब्लगरहरु 

 

नोट: के तपाईँ पनि ब्लगिङ गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने तपाइं पनि यो स्तम्भमा फिचर हुन सक्नुहुन्छ । कृपया आफ्नो ब्लग लिङ्क हामीलाइ पठाउनुहोस् । वा आफ्नो ब्लगको विवरण cj@meroreport.netमा इमेल गरेर पठाउन सक्नुहुन्छ । तपाइंको ब्लग हेरेर हामीले निर्णय गर्नेछौं ।  

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by प्रेम पौडेल (मरूभूमिको यात्री) on October 10, 2012 at 7:38pm

बधाइ , स्वन्तिनाजीलाई  अनि धन्यवाद छ मेरोरिपोर्ट टिमलाई, फेसबुकमा नेपाली पहिलो प्रयोगकर्ताको पहिचान गर्नु भएकोमा 

Comment by Binaya Shekhar on October 10, 2012 at 5:14pm

Very Nice! Congratulation Swantina. Thanks to MeroReport team for locating first face book user from Nepal. 

Comment by Prakash Lamichhane on October 10, 2012 at 3:41pm

धेरै धेरै बधाइ छ स्वन्तिनाजीलाइ । नेपालबाट फेसबुक एकाउण्ट बनाउने पहिलो ब्यक्ति हुनुहुँदोरहेछ त्यो जानकारी पनि प्राप्त भयो ।

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service