साताको ब्लगर को र कसरी?

नेपाल वा विदेशमै रहेर ब्लगिङ गर्ने नेपाली ब्लगरहरुलाई प्रोत्साहन र पहिचान दिनको लागि मेरोरिपोर्टले साताको ब्लगर स्तम्भ शुरु गरेको हो । यो स्तम्भमा हरेक हप्ता नयाँ वा पुराना ब्लगरमध्येबाट एक जनाको अन्तर्वार्ता पोष्ट गरिन्छ । यहाँ फिचर हुनेहरु नयाँ  वा पुराना तथा आफ्नै ब्लग बनाएर ब्लगिङ गर्ने स्वतन्त्र ब्लगर वा मेरोरिपोर्टमा ब्लगिङ गर्नेहरु पनि हुनसक्छन्

साताको ब्लगरको छनोटका लागि यस्ता ब्लग र ब्लगरहरुबारे जानकारी दिन मेरोरिपोर्टमार्फत सुचना पनि गरिन्र्छ । यसरी प्राप्त भएका ब्लगहरु वा मेरोरिपोर्टको एडमिन समुहबाट प्राप्त जानकारीको आधारमा ब्लगिङको नियमितता, ब्लगमा रहेका सामग्रीको मौलिकता तथा ब्लगरसित अन्तर्वार्ता लिने समय र परिस्थितको सुविधा समेत हेरेर हरेक हप्ता कसको अन्तर्वार्ता गर्ने भन्ने निर्णय सम्पादकीय समूहले निर्धारण गर्छ । सम्पादकीय समूहमा विनय गुरागाई, प्रकाश लामिछाने र पवन न्यौपाने हुनुहुन्छ । सम्पादकीय समूहले ब्लगर अफ द विक छान्दा अनौपचारिक रुपमा कहिलेकाँही बिभिन्न ब्लगर र ट्वीटर प्रयोगकर्ताहरुसँग कुराकानी गर्छ र वहाँहरुको राय पनि लिने गरेको छ । माइक्रो ब्लगिङ् साइट ट्वीटरका लोकप्रीय प्रयोगकर्ताहरु पनि कहिलेकाँही ब्लगर अफ दि विकको रुपमा छनौट हुनसक्छन् । यसबारेमा निर्णय गर्ने अन्तिम अधिकार सम्पादकीय समूहलाई मात्र छ । ब्लगर अफ दि विक सेक्सनमा हामी बिशेषगरी ब्लगिङ् र सोसल मिडियाको कुरा गछौ । त्यसैले छनौटको परिधीलाई ब्यापक बनाउन कहिलेकाँही माइक्रोब्लगरहरु पनि यसमा छनौट हुनसक्नेछन् ।  

यसरी साताको ब्लगर बनाउनुका केही उद्देश्यहरु:

१. पुराना ब्लगरलाई पहिचान दिने

२. नयाँ ब्लगरहरुलाई प्रोत्साहन गर्ने

३. www.meroreport.net को प्रवर्द्धन गर्ने  र

४. ब्लगिङ् र न्यु मिडीयाबारे बहस सिर्जना गर्ने।

सम्पादकीय समुहले साताको ब्लगर छान्दा पनि थोरबहुत यीमध्ये केही वा सबै उद्देश्य पुर्ति हुनेगरी निर्णय गर्छ । यो प्रतिस्पर्धा होइन । यसरी फिचर हुने व्यक्तिलाई मेरोरिपोर्ट साताको ब्लगर भन्ने गरिन्छ । त्यसैले देशभरकै साताको उत्कृष्ट ब्लगर वा त्यस्तो केही भन्न खोजिएको होइन ।

हालसम्म मेरोरिपोर्टमा फिचर भएका ब्लगरहरुको अन्तर्वार्ता पढ्न यहाँ क्लिक गर्नुहोस् ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service